Logo

महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह



काठमाडौं, पुस १९ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताएका छन् । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

नीति अनुसन्धान प्रतिष्ठानले गरेको सार्वजनिक नीति विषय अन्तरसंवादमा अध्यक्ष तिमिल्सिनाले विधेयक तर्जुमा र विधायिकी चरणमा पर्याप्त अध्ययन आवश्यक रहेको बताए । मुलुकले दीर्घकालीन महत्त्व बोक्ने नीति र कानुन तर्जुमा सबैमा गहन परामर्शको आवश्यकता भएको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, परराष्ट्र मामिलाजस्ता विषयमा कानुन तर्जुमा गर्दा विज्ञ र सरोकारवाला सबैको छलफल आवश्यक रहेको उनको भनाई छ । उनले यसअघि राष्ट्रिय सभाले मेहनतपूर्वक तयार पारेका केही विधेयक प्रतिनिधि सभाबाट पारित हुन नसक्दा रोकिएको भन्दै त्यस्ता महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह पनि गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्