Logo

आले र राईको शपथ ग्रहण आज



काठमाडौं, पुस १९ । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिदैछन् ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज दिउँसो १२ः३० बजे दुवै सांसदले संसद सचिवालयमा ज्येष्ठ सदस्य पशुपति शमशेर जवराबाट शपथ लिदैछन् ।

सांसद आलेको आमाको निधन भएपछि शपथ लिएका थिएनन् । त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिईनन् ।

यसअघि पुस ७ गते शपथ ग्रहण गर्न छुटेका नेकपा (माओवादी केन्द्र)का महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्