Logo

मलाई फेरिपनि व्यवस्था र राष्ट्रको चिन्ता भएको छ : नेता पौडेल



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई फेरिपनि अहिलेको ब्यवस्था र राष्ट्रको चिन्ता लागेको बताएका छन्।
प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व नामक अन्तर्किया कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन्।

‘अहिले गठबन्धन बनाएर अलि स्थायित्व दिउँला भनेको फेरि यो भत्किएको छ। यो भत्किएको कुरालाई मैले कांग्रेसको हातबाट सत्ता गयो भन्ने रुपमा मात्रै हेरेको छैन। को मान्छेले को पद पाउने भो भन्ने रुपले मैले हेरेको छैन। मलाई फेरिपनि ब्यवस्थाको चिन्ता छ, मलाई फेरिपनि राष्ट्रको चिन्ता छ।’ नेता पौडेलले भने ।

यस्तै नेता पौडेलले बाहिर देशहरुबाट फैलिरहेका संक्रामक रोगहरुको नियन्त्रण तथा अर्थतन्त्रको सबलीकरण गर्नका लागि राष्ट्रिय सहमती हुनुपर्ने जोडदिएका छन्। उनले भने, ‘राजनीतिक, आर्थिक, स्वास्थ्य, समाजिक र मानविय समस्याहरुले हामीलाई घेरिरहेका छन्। घेरिरहेको बेलामा हामीले आफ्नो लागि बाच्ने उपाय राष्ट्रिय सहमती हो। मलाई अझैपनि लाग्छ राष्ट्रिय सहमतिको खोजी गरौं।’



प्रतिक्रिया दिनुहोस्