Logo

एकीकृत समाजवादी सरकारमा नजाने, प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे पनि अन्यौलता



काठमाडौं, १९ पुष । नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ। आज बसेको पोलिटब्यूरो बैठकले तत्काल पार्टी सरकारमा नजाने निर्णय गरेको हो । सो दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई उसको काम हेरेर समर्थन गर्ने वा नगर्ने भन्ने नीति लिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे पनि दलभित्र एकरुपता नभएको जनाईएको छ ।

सम्मानित नेता झलनाथ खनाल प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने अडान राखेका छन् । अध्यक्ष माधवकुमार नेपालसहित अधिकांश सदस्यहरुले भने दाहाललाई विश्वासको मत दिनुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्