Logo

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता



काठमाडौं, पुस २०। मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ ।

यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो ।

आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्