काठमाडौं, पुस २१ । बुधबार तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार एक सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा १ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ३ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ९ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।