Logo

डलरसहित विदेशी मुद्राको भाउ घट्यो



काठमाडौं, पुस २२। आज अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

विहिबार डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ र बिक्रीमा १४० रुपैयाँ ६४ पैसा कायम रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९० रुपैयाँ ३९ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्