Logo

चुक्ता पुँजी बढाउन साढे पाँच वर्षको समय



काठमाडौं, पुस २२। हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गनुपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ बिहीबार जारी गरी लागू गरेको छ ।

यसअनुसार भुक्तानी कार्डसहितका अन्य उपकरण चलाउने भुक्तानी सेवाप्रदायकहरूले न्यूनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्‍याउनुपर्ने भएको छ ।

यसअघिको नीति अनुसार कार्डमार्फत कारोबार गर्ने संस्थाको न्यूनतम पुँजी ५ करोड रहेकोमा राष्ट्र बैंकले यसलाई संशोधन गरेको हो । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्