काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको प्रतिक्रिया दिए ।
आज (शुक्रबार) संसद् भवनमा बसेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेपालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे भने पार्टीले कुनै निर्णय नगरेको जिकिर गरे ।
उनले भने,‘अब प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिनेछौं ।’ हामी विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’
प्रधानमन्त्री दाहालले भने माधव नेपालसँगको भेटमा आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन् । त्यतिमात्रै नभएर दाहालले सरकारमा सहभागी हुन पनि नेपाललाइ आग्रह गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम