Logo

माध्यमिक तह तृतीय श्रेणीका लागि दरखास्त आह्वान



काठमाडौं, पुस २५ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । सोमबार विज्ञापन प्रकाशन गरिएको हो ।

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्