Logo

विश्वासकाे मतबारे छलफल गर्न कांग्रेस‍ कार्यसम्पादन समितिकाे बैठक सुरु



काठमाडौं, पुस २६ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। संघीय सांसद् भवन नयाँ वानेश्वरमा केहीबेर अ‌घि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‍’प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल हुँदैछ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकको पार्टी सभापति शेरबहादुर देउपाले विश्वासको मत दिने अडान राखेपछि अनौपचारिक छलफलका लागि कार्यसम्पादन बैठक बोलाईएको थियो ।

यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिन प्रचण्डलाई १३८ सांसदको समर्थन आवश्यक देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। file photo



प्रतिक्रिया दिनुहोस्