उत्तमकुमार गुरुङ-२०७९ सालको स्थानीय र संसदीय निर्वाचनपश्चात् दुई छुट्टाछुट्टै तर एउटै कारणबाट उब्जिएका परिदृश्यहरु सतहमा छर्लङ्ग छन् । पहिलो, स्थानीय चुनावमा स्वतन्त्र भएर चुनाव लडेका बालेन र हर्कको बिजयी हुनु, दोश्रो लगभग ६ महिना अगाडि स्वतन्त्र पार्टी नाम राखेर रवि लामिछानेको नेतृत्वमा संसदीय निर्वाचनमा होमिएको पार्टी चौथो ठुलो राष्ट्रिय पार्टी हुनु । अतः यी दुबै निर्वाचनको नतिजाले जनताले अब फेरी एउटा अर्को परिवर्तन खोजेको स्पष्ट देखाउँछ । अब पुराना दलहरु तथा त्यसका नेताहरुले जनताको यो परिवर्तनको संकेतलाई बेलैमा बुझेर सुध्रिन जरुरी छ। अब पनि यस्तै ताल रह्यो भने पुराना दलहरु तथा त्यस्का बुढाखाडा नेताहरु बिस्थापित हुने मात्र नभएर राजनीतिक अस्तित्व नै समाप्त हुनसक्छ ।
काठमाडांै महानगरपालिका र धारान उपमहानगरपालिकामा क्रमशः वालेन, हर्कको उदय र स्वतन्त्र पार्टीको चमात्कारिक नतिजाबाट मैले देखेको एउटा सम्भावना के हो भन्दा नेपालमा अब जानी नजानी Democracy को बिकल्पको रुपमा Democratic Technocracy को उदय हुँदैछ र जनताको चाहनाको साथै बर्तमान परिस्थितीमा देशको आवश्यकता पनि त्यही हो । किनकी जनताले यसपाली पढेलेखेका अझ भनौ technocrat हरुलाई राम्रो समर्थन र मत दिएका छन भन्ने कुरा सागर ढकालजस्तो जिल्ला बाहिरको व्यक्ती उम्मेदवार हुँदा पनि त्यहा उनले प्राप्त गरेको मत र युवाहरुको साथबाट पुष्टी हुन्छ त्यो पनि बहालवाला प्रधानमन्त्रीको बिरुद्ध, प्रधानमन्त्रीको गढमा, निर्वाचन भन्दा केही महिना अगाडि देखी मात्रको प्रचार प्रसारले । त्यसैले यसलाई सानोतिनो हार जित र सानो चुनावी घटनाको रुपमा लिएर जनताको परिवर्तनको चाहनालाई समकालिन नेताहरु, उदयीमान नेताहरु तथा पार्टिहरुले नदरअन्दाज गरेर गल्ती गर्ने अधिकार छैन ।
अहिले विश्वको राजनीतिक व्यबस्था हेर्दा Democracy सबैभन्दा अब्बल र सफल देखिन्छ जसमा जनताको मौलिक हकअधिकार, वाक स्वतन्त्रता, समाबेशीता, व्यक्तिगत सम्पत्तिमाथि आफ्नो सम्पूर्ण अधिकार, सुरक्षा व्यबस्था जस्ता नागरिकसङ्ग प्रतक्ष्य सरोकार राख्ने बिषयहरुलाई प्राथमिकतामा राखेर शासन गरिन्छ जबकी technocracy मा सबैभन्दा पहिले देशको बिकास, सम्रिद्धी, आर्थिक बृद्धी, भौतिक पूर्वधारहरुको बिकास, स्वच्छ बातावरण आदी जनताको समृद्धिमा अप्रत्यक्ष सहयोग पुग्ने बिषयहरुलाई बढी जोड दिन्छ किनकी Technocracy मा शासकहरु बौद्धिक, बिज्ञ, दक्ष, शिक्षित तथा प्राय सैद्धान्तिक राजनीतिबाट अली पर नै हुन्छन । यो व्यबस्थामा सम्बन्धित निकायको प्रमुख, सम्बन्धित बिषयको बिज्ञ हुनै पर्ने हुन्छ जसले गर्दा कार्य योजनाहरु पारीपक्व र असारदार हुन्छन । कर्मचारीहरुको उचित परिचालन र व्यबस्थापन हुन्छ । साशक आँफै सम्बन्धित बिषयको बिज्ञ र दक्ष हुने हुनाले समस्याको पहिचान र समाधान छिटो र छरितो हुने हुँदा, ठुला ठुला योजनाहरु द्रुतगतिमा कार्यान्वयन हुन्छन ।
नेपालको भौगोलिक अवस्थिती, भु(राजनितिक चहलपहल र अती नै न्युन प्रतिव्यक्ती आय भएको देश, जहाँ बर्षेनी हजारौको सङ्ख्यामा युवाहरु बिदेश पलायन हुने वाध्यात्मक स्थिती भएको देशमा खाली Democracy ले मात्र देश बनाउन सम्भव छैन । अब देशले Democratic Technocracy अपनाउनै पर्छ र हालै सम्पन्न दुबै निर्वाचनको नतिजाले पनि जनताले खोजेको परिवर्तन पनि त्यस्तै हो भनेर देखाउन खोजेको छ भन्ने छर्लङ्गै भईसकेको छ ।
स्थानिय र सम्सदिय निर्वाचन दुबैमा ९बिशेष गरी अझ सम्सदिय निर्वाचनमा ० डाक्टर, इन्जिनियर, व्यबस्थापक तथा अन्य बिषयमा बिज्ञ तथा बौद्धिक बर्गहरुले उल्लेख्य रुपमा निर्वाचनमा भाग लिएको थियो र धेरैको चुनावी नतिजा सोचेभन्दा धेरै राम्रो आयो । यसरी टेक्नोक्राटहरु देशको चिन्तन गरेर देश बनाउनको लागि राजनीतिमा भाग लिनुलाई एकदमै साकारात्मक रुपमा लिनुपर्छ र जनताले धेरै हदसम्म यस्लाई अनुमोदन गरेको र भविश्यमा आउने निर्वाचनहरुमा अझै धेरै भन्दा धेरैले भाग लिनु पर्छ भन्ने नेपाली जनताको चाहना पनि हो भन्न सकिन्छ ।
उदाहरणस्वरुप स्वतन्त्र पार्टिको यो चामत्कारीक सफलताको पछाडिको मुख्य कारण पनि यही हो नत्र यो भन्दा अगाडि पनि धेरैले धेरै पटक बैकल्पिक सक्त्ती निर्माणको घोषणा गरेकै हुन तर यसरी सोचे जस्तो सफलता, यति छोटो समयमा कुनैले पाएका थिएनन किनकी तिनीहरुको परिवर्तन बोलिमा मात्र सिमित रह्यो व्यबाहारमा देखाउन सकेन । स्वतन्त्र पार्टीले चमत्कारीक सफलता हासिल गर्नुमा एउटा प्रमुख कारण, सम्भव भएसम्म उम्मेदवार चयन गर्दा शिक्षित, बिज्ञ र बौद्धिक व्यक्तित्वलाई प्राथमिकता दिएकोले पनि हो । त्यस्तै बिज्ञ र बौद्धिक भएर नै अर्कै जिल्लाबाट चुनाव लड्न आएको सागर ढकालको समर्थनमा युवाहरुको त्यत्रो जमात हुनु, तराइबाट राष्ट्रिय जनमत पार्टिको अध्यक्ष डा सिके राउत, केन्द्रिय राजनीतिका एउटा खेलाडी उपेन्द्र यादवलाई भारी मतान्तरका साथ हराएर उदय हुनुले अब परिवर्तनको रुपमा Democratic Technocracy नै खोजेको हो भन्ने देखाउछ ।
Democratic Technocracy आँफै सम्पूर्ण रुपमा भरिपूर्ण छ भन्ने पनि हैन, यस्को पनि कयौ कमी कम्जोरीहरु छन । देश निर्माण र निती निर्माणमा कतिपय निर्णयहरु अलोकप्रिय हुन पनि सक्छ । दिर्गकालिन फाईदाका लागि गरिएका यस्ता निर्णयहरु अल्पकालिन रुपमा जनताको लागि असान्दर्भिक र अपाच्य हुन पनि सक्छ । जस्ले गर्दा धेरै बिरोध आउने, निति तथा योजनामा अड्चन आउने, बिरोधीहरुले टाङ्ग अडाउने मौका पाउने हुँदा, कार्यन्वयन गर्न धेरै गार्हो हुन सक्छ । कार्यन्वयन र सम्पादनको लागि बल प्रयोग गर्नुपर्ने तथा साशकले यस्तोबेला कुनै तह, बर्ग, समुह, समाज वा पुरै जनातालाई अलिकती प्रतिकुल हुने निर्णयहरु पनि लिनु पर्ने हुनसक्छ । यस्तो गर्दा शुरु शुरुमा जनताबिरुद्ध गएको जस्तो नि देखिन्छ, जस्ले गर्दा जनता माझ अलोकप्रिय हुने धेरै सम्भावना पनि हुन्छ ।
मलाई अझै पनि याद छ, युवराज खतिवडा अर्थमन्त्री नियुक्ती हुनेबेला “म शुरुको २ बर्ष गाली खान्छु अनी त्यसपछी ताली खानेछु” भनेका थिए, त्यस्तै बालेनको काम गर्ने शैलीमा पनि ताली, गाली दुबै देख्न सकिन्छ । फुटपाथका व्यपारी हटाउदा, बागमती वरपर सार्वजनिक जग्गामा शरणार्थी बनेर जग्गा ओगटेकाहरुलाई हटाउदा बालेनले गाली र ताली दुबै पाएकै छन । कत्तिले त बालेन बिरुद्ध नाराबाजीका साथै काट्ने, मार्नेसम्मका धम्किहरु दिएका छन । सिमित बर्गको लागि बाहेक बाँकी सम्पूर्ण नेपालीलाई थाहा छ बालेनको यो योजना काठमाण्डौको दिर्गकालिन बिकास र हितमा छ र जसरी नि कार्यन्वयन हुन जरुरी छ भनेर । तर लोकतन्त्रमा दिर्गकालिन फाईदाका लागि भए पनि हत्तपत्ती यस्तो निर्णय गर्न रुचाउदैनन, यस्ले गर्दा दलको लोकप्रियता निश्चित बर्ग, समुहमा घट्न जान्छ र चुनावमा त्यस्को प्रतक्ष असर पर्छ उदाहरण स्वरुप २०७४ सालको चुनाव पछी केपी ओलीको नेतृत्वमा बनेको सरकारले शुरुवातमै यातायातको सिन्डिकेट तोड्न खोजेको थियो र तोड्नु जरुरी पनि थियो तर अन्त्यमा अलोकप्रिय हुने डरले सरकार पछी हट्नु पर्यो । यदी दल र भोटको चिन्ता नहुने हो भने त्यो निती कार्यन्वयन हुने थियो ।
विश्वमा सबैभन्दा गरीब मध्यमा पर्ने हाम्रो देशमा के यसरी सबै कार्य योजना देखी निति निर्माणसम्म लोकतान्त्रिक तरिकाले गर्न खोजेर द्रुतगतिमा बिकास सम्भव छ र ?सम्भव होला तर बिना Technocrat को सहयोगमा अहिलेको विश्वको बिकासित देशहरुको दाजोमा पुग्न पचासौ बर्ष लाग्नेछ । त्यसैले गर्दा धेरै देशहरुमा Technocrat हरु चुन्दा कुनै पनि पार्टिमा आबद्ध नभएका स्वतन्त्र व्यक्ती तर देशको लागि उच्चतम योग्दान दिन सक्ने बिज्ञ र बौद्धिक बर्ग चुन्ने गर्छन् जसलाई भोट र पार्टि भन्दा माथि देशलाई राखेर सोच्न पाउने बन्देज नहोस् । जब शासक सम्बन्धित क्षेत्रमा बिज्ञ हुन्छ, तब उसको स्पष्ट कार्ययोजना हुन्छ, के गर्ने कसरी गर्ने र कतिसम्म गर्ने भन्ने कुराहरुमा स्पष्ट हुन्छ जसले गर्दा ऊ आफ्नो कार्ययोजना र सोचमा अडिग हुन्छ कसैले भड्काउन र प्रभावमा पार्न सक्दैन र बिकास र प्रगतिको गति निरन्तर अगी बढ्छ ।
यसको अलिकती नकरात्मक पक्ष भनेको, कहिलेकाही योजना र नितीहरु तर्जुमा गर्दा तानाशाही हुन सक्छ । भोट र पार्टिको सैदान्तिक अड्चन नहुने र जनताको भावना भन्दा माथि उठेर काम गर्नु पर्ने हुँदा हुकुमी र तानाशाही हुनसक्छ जस्ले गरदा जनतामा एक प्रकारको त्रास श्रीजना हुन सक्छ । जसलाई Democratic Technocracy मा प्रजातान्त्रिक तरिकाले नियन्त्रण गर्नको लागि क्याबिनेटको सर्वेसर्वा (हाम्रो देशको लागि प्रधानमन्त्री) लोकतान्त्रिक र सैद्धान्तिक हुन्छन त्यसैले जुन बेला त्भअजलयअचबत हरु चाहिने भन्दा बढी तानाशाही हुन्छन तब उनिहरुलाई नियन्त्रण गर्ने र अङ्कुस लगाउने माथिल्लो तह हुन्छ जसले गर्दा देशको बिकासको साथ साथै जनाताको अधिकार, हक, हितको पनि लोकतान्त्रिक तवरबाट जगेर्ना हुन्छ ।
२०७९ को निर्वाचनमा धेरै Technocrat हरुले विभिन्न पार्टिबाट वा स्वतन्त्र रुपमा उम्मेदवार भएर देशको राजनीतिमा चासो लिनुका साथै परम्परागत सोचलाई हस्तक्षेप वा बिस्थापित गर्न खोजेको देखिन्छ । यो देशमा केही हुँदैन र केही हुनेवाला नि छैन भन्दै आ आफ्नो भविष्य बनाउने भनेर बिदेश पलायन हुनेको लर्को लाग्ने बेला र कतिपय technocrat हरु देश बनाउछु भन्दै स्वदेश फर्केर राजनीतिमा लागेका पनि छन, यसलाई देश र जनताको निम्ति सकारात्मक रुपमा लिनुपर्छ ।
देशको केन्द्रिय राजनीतिमा युवा, शिक्षित बर्ग र बिज्ञहरुको उत्साहजनक उम्मेदवारीले अब आउने दिनहरुमा परिवर्तनको अपेक्षा गर्न सकिन्छ । देशको खस्कदो आर्थिक अवस्था, जनतामा चरम निराशा, बिदेशी शक्तिहरुको खुल्लम खुल्ला शक्त्ती प्रदर्शन, चरम भ्रष्टाचारको काण्डैकाण्डको राजनीति र भ्रष्टाचारी नेता, कर्मचारीतन्त्र, देश र जनाताको लागि भन्दा पनि आफु, आफ्नो परिवार, नातागोता तथा कार्यकर्ताको लागि सत्ताको चरम दुरुपयोग गर्दै, राज्यको ढुकुटी दोहन, माफियातन्त्र, कर छलीहरुको हालिमुहाली, असक्षम र अशिक्षित राजनीतिक नेतृत्वले गर्दा कर्मचारीको मनपरितन्त्र अनि शिक्षित, बिज्ञ, इमान्दार technocrat हरुको दिन दुई गुणा, रात चारगुणाको हिसाबले बिदेश पलायन । अब यस्तो अवस्थामा देश बचाउने र बनाउने भनेको बचेँखुचेको बिज्ञ र बौद्धिक बर्गहरुले हो । इमान्दार र पढेलेखेका बिज्ञहरुलाई अवसर र मौका दिनुपर्छ तब बल्ल बिकासले गति लिन सक्छ । संसारको कतिपय देशहरुमा जब देशको अवस्था अत्यन्त खराब (हाम्रो देशको जस्तो) हुन्छ तब त्यहाँ technocrat हरुलाई बिना राजनीतिक हस्तक्षेप देश चलाऊने र बनाउने जिम्मेवारी तथा अवसर दिन्छन ।
उदाहरणको लागि १९औं शताब्दीको अन्त्यतिर इटालीको आर्थिक स्थिति खराब र गिर्दो अवस्थामा हुँदा त्यहा त्भअजलयअचबत हरुले नै देश चलाएका थिए, र अहिले पनि त्यहा अप्ठ्यारो स्थितिमा व्यबस्था परिवर्तन गरेर Technocrat हरुलाई देशको जिम्मा लगाउने कानुन विद्यमान नै छ । अमेरिकामा १९३० तिर सरकारी क्याबिनेटमा बिज्ञहरु तथा बौद्धिक बर्गहरुको छनोटलाई उच्च प्राथमिकतामा राख्थे फलस्वरुप अहिलेको शक्तिशाली र बिकसित अमेरिका सम्भव भएको हो । हाम्रै छिमेकी राष्ट्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को पोलिट्व्युरोमा पनि टेक्नोक्र्याटको सङ्ख्या अत्याधिक छ र चिनियाँ राष्ट्रपति सिले आफ्नो सरकारमा पनि टेक्नोक्र्याटहरुलाई उच्च प्राथमिकतामा राखेका छन् । त्यस्तै युरोपका कैयौं देशहरु जस्तो ग्रिस, नर्वे, स्विडेन, चेक रिपब्लिक, जर्मनी जस्ता देशहरुले पनि Democratic Technocracy अप्नाएका छन ।
हाम्रै छिमेकी देश भारतमा मेकानिकल इन्जिनियर अर्बिन्द केजरिवालको आम आदमी पार्टिको उदयलाई लिन सकिन्छ । उनको नेतृत्वमा करिब १० बर्षको छोटो समयको अन्तरालमा भारतजस्तो संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुकमा दिल्ली र पन्जाब प्रदेशमा एकलौटी सरकार बनाउन सफल भयो । भारतमा आम आदमी पार्टिले गरेको बिकास र जनसरोकारका योजनाहरुलाई एकदमै मन पराएका छन यही रफ्तारमा जाने हो भने आपा पार्टी निकट भविस्यमै पुरै देशमा उदयीमान हुने कुरामा दुईमत छैन । त्यसैले नेपालमा पनि हालै सम्पन्न दुबै चुनावको नतिजालाई मध्यनजर गर्दै अब Democracy बाट Democratic Technocracy तिर पाइला बढाउनुको बिकल्प छैन ।
नेपालका मुख्य दलहरुले पनि चाँडै आफ्नो परम्परागत काम गर्ने तरिका, नेता चुन्ने बिधी र बिधानहरुलाई परिवर्तन गरेर समयअनुकुल बनाउन सकेनन् भने मुर्ख र झोले कार्यकर्ताहरुबाट मात्र पार्टी जोगाउन कतिसम्म पो सक्ला र ? जनता चनाखो भईसकेका छन अब बेलैमा आफुलाई परिमार्जन गर्न सकेनन् भने ती पार्टीहरु एकादेशको कथा हुने निश्चित छ ।
नेपालमा साँच्चिकै नयाँ र वैकल्पिक पार्टी, शक्त्तिको रुपमा उदाएर पुरानो पार्टीहरुलाई बिस्थापित गर्ने हो भने पार्टीको बिधानमा कुनै पनि सरकारी निकाय चलाउन सम्बन्धित बिषयमा शिक्षा हासिल गरेको वा बिज्ञ हुनैपर्ने भनेर उल्लेख गर्नैपर्छ । अहिले स्वतन्त्र पार्टीले आंशिक रुपमा यसको सुरुवात गरिपनि सकेको छ । आशा छ- स्वतन्त्र पार्टी सरकारमा सम्बन्धित मन्त्रालयमा सम्बन्धित बिषयको विज्ञ नै पठाउनेछ ।
हाम्रो देशको चुनावी व्यवस्थाको कुरा गरौं । प्रत्यक्षको छिनोफानो चुनावी प्रकृयाद्धारा हुनेगर्छ । समानुपातिक र राष्ट्रिय सभाको व्यबस्था राख्नुको औचित्य पिछिडिएका, लोपोन्मुख, दलित, जनजाती तथा राज्यको पहुचभन्दा परका बर्गहरुको सक्षम, शिक्षित, इमान्दार, बिज्ञ, देशको लागि कुनै क्षेत्रमा योगदान दिएका, कुनै बिषयमा बिशेष ख्याती कमाएका तर राजनीतिक पृष्ठभुमी नभएकाहरुलाई देशको बिकास र निर्माणमा आ(आफ्नो क्षेत्रबाट भूमिका खेल्न सकोस भन्ने हेतुले राखिएको व्यबस्था हो तर दुःखको कुरा यी दुबै व्यबस्था नेताका परिवार, नातागोता, पार्टिलाई अकुत रकम चन्दास्वरुप दिनसक्ने भ्रष्टाचारीहरु, व्यपारीहरु, प्रत्यक्ष चुनाव लड्न डराउने भ्रष्ट नेताहरुलाई संसद् भवनसम्म पुर्याउनका लागि बनाइएको व्यबस्था जस्तै भएको छ । अत: कि यी दुवै व्यवस्था खारेज गर, होईन भने यस्को उचित प्रयोग गरेर बिज्ञहरु, सक्षम व्यक्तिहरुलाई सम्सदमा पुर्याएर देश बनाउने मौका देउ । देशमा भएका बौद्धिक र बिज्ञहरुलाई देश बनाउने मौका देउ । सबै मुख्य पार्टिहरुले Democratic Technocracy को अभ्यास गर्न शुरु गर तब देख्नेछ देश कसरी द्रुत गतिमा बन्छ । नत्र भने हामीले सधैं हाम्रा देश चलाऊने नेताहरुबाट, कहिले रुखले अक्सिजन लिएर कार्वनडाइ अक्साइड फाल्छू भनेर त कहिले सिसिटभीको हार्डडिस्क भनेको मलाई के थाहा हुन्छ र ? भनेर सुन्दै बस्नु पर्ने दिन आउनेछ।