Logo

प्रचण्ड नेतृत्वको सरकारलाई रचनात्मक सहयोग गर्छौं : देउवा (भिडिओसहित)



काठमाडौं, २६ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दल संसद्मा प्रमुख प्रतिपक्षको भूमिका रहने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत मागेपछि दलीय आधारमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले सरकारलाई आफ्नो दलले रचनात्मक रुपमा सहयोग गर्ने बताए । नेपालको राजनीति सहमति, सहकार्य र एकताबाट अघि बढिरहेको स्मरण गराउँदै आगामी दिनमा पनि यो संस्कारलाई अघि बढाउने सुनाए । उनले अहिले पनि देशकासामू निकै चूनौति रहेको औंल्याए । उनले सरकारले अब संविधानको पूर्ण पालना गरेर काम गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्