काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ ।
यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा केन्द्रीय सत्ता साझेदार दलहरुको साथ रहेको थियो । मधेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।
१०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।