काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मकट्टेलबीचको भेटमा बधाई साटासाट सँगै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिनेबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जम्मकट्टेलले गत मंगलबार शपथ लिएर पदभार ग्रहण गरेका थिए।