Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्