काठमाडौं, २९ पुष । नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेशका सांसद दीपक मनाङेले चिनिने राजिव गुरुङले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन । मुख्यमन्त्रीमा अधिकारीले दाबी गर्दा सांसद गुरुङले समर्थन गरेका थिए ।
तर, विश्वासको मत दिने बेलामा भने उनी उक्त निर्णयबाट त्तयाक भएका छन् । उनले मुख्यमन्त्रीमा नियुक्त अधिकारीले विश्वासको मत पाउने आधार देखिएकोले आफू प्रतिपक्षमा बस्ने र रचनात्मक भूमिका खेल्ने बताएका छन् ।
उनी मनाङको ‘ख’ बाट निर्विरोध निर्वाचित भएका थिए । मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सांसदको मत प्राप्त हुने निश्चित् छ ।