काठमाडौं, पुस ३० । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।
त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्लालेन्डरमा फागुन १४ मा स्ववियु चुनाव गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो हप्ताको लागि चुनावको मिति तोकिएको हो । त्रिभुवन विश्वविद्यालयमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।