काठमाडौं, माघ १। मकर संक्रान्ति धार्मिक मात्रै नभएर वैज्ञानिक आधारमा पनि उत्तिकै महत्त्व रहेको छ ।
वैदिक कालदेखि नै मकर संक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने शास्त्रीय नियम रहिआएको छ । कार्तिक स्नान र मक्कर स्नानका बारेमा शास्त्र तथा पुराणहरुमा विशेष रुपमा व्याख्या गरिएको छ । सूर्य धनु राशिबाट मक्कर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मक्कर संक्रान्ति भनेर भनिएको हो । यसदिन गरिएको स्नान दान तथा तर्पणको विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक स्नान र माघ स्नानको विशेष महत्व रहेको शास्त्रमा ब्याख्या गरिएको छ ।
नेपालमा रहेका हरेक जात जातिका समुदाय हरुले फरकफरक रुपमा यस पर्वलाई मनाउने परम्परा रहिआएको छ । विशेषगरी थारु समुदायमा यसलाई प्रमुख उत्सवकारुवमा मनाउने परम्परा सदीयौंदेखि रहिआएको छ । पुराणमा वर्णन गरिए अनुसार सूर्य देव आफ्नाछोरा शनि संग भेटहुने विशेष दिनका रुपमा पनि व्याख्या गरिएको छ तेसैलेपनि यस पर्वलाई पिता र पुत्रको मिलनका रुपमा पनि लिनेगरिएको छ ।
दक्षिणायन र उत्तरायण गरि वर्षलाई दुई भागमा बिभाजन गरिएको छ । श्रावणसंक्रान्ति देखि सूर्यनारायण दक्षिणायन हुन्छन भने मक्कर संक्रान्तिका दिनदेखि सूर्य उत्तरायण हुनेहुदा सूर्य उत्तरायण र दक्षिणायन हुदा यसको प्रभाव प्रकृति देखि समस्त प्राणी हरुमा प्रतक्षरुपमा पर्ने गर्दछ । सूर्ष मक्कर राशिमा प्रबेश भएदेखि दिन लामो र रात छोटो हुँदै जाने गर्दछ ।
शास्त्रमा उल्लेख भएअनुसार मक्कर संक्रान्तिका दिन गंगा धर्तीमा अवतरण भएको दिनका रुपमा पनि व्याख्या गरिएको छ । त्यसकारण मक्कर संक्रान्तिका दिन गंगा हरुमा मात्रै नभएर अन्य ससाना नदि तथा तलाउ हरुमा स्नानका लागि भक्तजनहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ । यसदिन गरिएको स्नान दान तथा तर्पणको विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ ।
हाम्रो देश नेपाल संस्कृति,परम्परा र उत्सवको धर्ती हो र उत्सव तथा परम्परागत रुपमा मनाईने जतिपनि हाम्रा चाडपर्व हरु छन् तिनीहरूको धार्मिक महत्व मात्रै नभएर वैज्ञानिक आधारहरू पनि उत्तिकै रहेका छन् । पृथ्वी उत्तर दिशामा २३ दशमलव ४३ डिग्री मा झुकेको छ । पृथ्वीलाई तीन काल्पनिक रेखामा बिभाजन गरि नामांकित गरिएको छ जसलाई कर्क रेखा,भूमध्य रेखा र मकर रेखामा बिभाजन गरिएको छ ।
झुकेको पृथ्वी ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा २९ दशमलव ७८ किलोमिटर प्रति सेकेन्डको गतिमा सूर्यको परिक्रमा गरिरहेको छ । उत्तर दिशामा पृथ्वी झुकेको कारणले गर्दा वर्षमा चार विशेष परिस्थिति सृजना हुने गर्दछ । पहिलो दिन र रात बराबर हुने गर्दछ दास्रो दिन सबैभन्दा लामो र रात छोटो हुने गर्दछ तेस्रोमा दिन र रात बराबर हुने गर्दछ चौथोमा रात सबैभन्दा लामो हुन्छ भने दिन सबैभन्दा छोटो हुने गर्दछ जुन नियमित गतिमा घुमिरहेको छ ।
सूर्य मकर राशिमा नआउँदा सम्मा सूर्य दक्षिणायनमा रहने छन् जब सूर्य मकर राशिमा प्रवेश गर्दछन उक्त समयदेखि सूर्य उर्धरेखा तर्फ सर्दछन् । सूर्य ऋतु हरुको कारण हो जुन पृथ्वीको झुकाबका कारणले गर्दा ऋतु हरुम परिवर्तन हुने गर्दछन जसको मुख्य कारण सूर्य नै हो ।
कार्तिकमा शिशिर ऋतु प्रारम्भ तथा माघ महिनामा शिशिर ऋतुको अन्त्य हुने दिन हो । मानिस हरुको स्वस्थ विशेषगरी ऋतु परिवर्तन हुने अवस्थामा बिग्रने भएकाले कार्तिक स्नानाबाट चिसो प्रारम्भ हुन्छ भने माघ स्नानदेखि गर्मि प्रारम्भ हुने भएकाले पनि मक्कर संक्रान्तिको स्नानलाई विशेष महत्वका साथ वर्णन गरिएको धार्मिक विद्वान हरुले जानकारी गराएका छन ।
आजका दिन शरीरमा गर्मी पैदागर्ने तिल,सख्खर,चाकु लगाएतका बस्तुहरुको सेबनले शरीर निरोगि बन्ने आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको । यसरी हाम्रा परम्पराले आध्यात्मिक तथा वैज्ञानिक दुवैको प्रतिनिधित्व गरिरहेको छ । धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो। अतस् प्रकृतिको नियममा रहनसके जीवनका कुनै प्रकारका समस्या हरु सहजै रुपमा समाधान गर्न सक्किन्छ ।
लेखक : ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल