Logo

मधेसका उद्योगमा १ खर्ब कर्जा प्रवाह



वीरगञ्ज, माघ २। मधेस प्रदेशका उद्योग प्रतिष्ठानमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय मधेस प्रदेशले तयार पारेको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मधेसमा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ लगानी भएको थियो ।

सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा लगानी भएको देखिन्छ । पर्सा जिल्लाका उद्योगमा कुल कर्जाको ५६ दशमलव शून्य ५ प्रतिशत प्रवाह भएको छ । मुख्य नाका वीरगञ्जसँगै रहेकाले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अधिकांश उद्योग खुलेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्