Logo

नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले खाए सपथ



काठमाडौं, ३ माघ । नवनियुक्त उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देनले पद तथा गोपनियताको सपथ खाएका छन् ।

आज (मंगलबार) शितलनिवासमा आयोजित एक समारोहकाबीच लिङ्देनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ खाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आजमात्रै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

राप्रपाबाट अध्यक्ष लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीले सरकारमा सहभागिता जनाएको छ ।

Photo By: Pradeep Raj Onta/RSS



प्रतिक्रिया दिनुहोस्