काठमाण्डौ, माघ ४ । आज देशभरका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ ।
अवका दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
मौसम बद्लीसँगै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।