Logo

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्



काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ ।

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा सरकारमा जाने सम्भावना घट्दै गएको बताएका छन् । ‘शक्ति बाँडफाँट, समझदारीलगायत विभिन्न विषयले हामी सरकारमा जाने सम्भावना कम भएको हो,’ उनले भने ।

अध्यक्ष यादवले बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटसमेत गरेका थिए । भेटमा मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुराकानी भएको यादवले बताए । त्यसक्रमका सभामुखको चुनावबारे पनि छलफल भएको उनले जानकारी दिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्