Logo

सिके राउतको संसद्‍मा मौनधारण



काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज प्रतिनिधिसभामा सांसद्हरुलाई मौन धारण गराएका छन्।

उनले संसद्‍मा बोल्दै आज माघ ५ गते मधेसमा बलिदानी दिवस रहेको र सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गर्न सांसद्‍हरुलाई आग्रह गरेका थिए। उनको सो आग्रहलाई केही सांसद्हरुले उठेर मौनधारण गरेभने केही सांसद्हरुले गरेनन्।

अध्यक्ष राउतले भने, ‘सभामुखमा राष्ट्रिय सहमतिको कुरापनि आयो। के-को लागि राष्ट्रिय सहमति हो? पदका लागि मात्रै किन गरिन्छ? देशको जल्दोबल्दो विषयमा राष्ट्रिय सहमति खोजौं। कस्तो राष्ट्रिय सहमति खोजेको? मधेसी, थारुहरुलाई बाहिर राखेर कस्तो राष्ट्रिय सहमति खोजेको?’

उनले पुराना जहाज चलाउन दिनु गम्भिर मानवीय त्रुटी भएको भन्दै पोखरा विमान दुर्घटनाको गम्भिर छानबिन गर्न गृहमन्त्रीलाई आग्रहसमेत गरेका छन्।

सभामुख चयनका लागि आज प्रतिनिधि सभाको बैठक बसिरहेको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट देवराज घिमिरे उम्मेद्‍वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्‍वार रहेका छन्।



प्रतिक्रिया दिनुहोस्