Logo

लोकतान्त्रिक समाजवादीले सभामुखमा इश्वरी न्यौपानेलाई मत दिने



काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेकी इश्वरी न्यौपानेलाई मतदान गर्ने भएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शरदसिंह भण्डारीले आफूहरु अहिले प्रतिपक्षको भूमिकामा रहेको र प्रतिपक्षबाट उम्मेदवारी दर्ता गराएकी न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् ।

साथै, माघ ५ गतेलाई मधेश आन्दोलनको सुरुवात भएको दिन भएको भन्दै उनले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोकोसमेत स्मरण गरे । मधेशी, दलित जनजाति र आदिवासीको उत्थानका लागि र अहिलेको संविधानलाई सर्वस्वीकार्य बनाउन चाहिने समर्थन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राप्त भएको उनले दाबी गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्