काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन्।
उनको प्रस्तावकमा कांग्रेस सांसद् बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यस्तै, सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मागरले उम्मेद्वारी दर्ता गराएकी छिन्।
उपसभामुखको निर्वाचन भोलि हुँदैछ।