Logo

नयाँ राष्ट्रपति एमालेकै हुन्छः स्वास्थ्य मन्त्री



काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता एवं स्वास्थ्य मन्त्री पदम गिरीले नेकपाको एमालेको सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुने बताएका छन् ।
सभामुख, उपसभामुख लगायत प्रदेशको सरकार गठनमा एकमत भएको गठबन्धन अब एक नहुने प्रश्नै नभएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले भने, ‘पार्टीले निर्णय नगरेसम्म यो वा त्यो व्यक्ति भन्ने कुरा छैन । तर पार्टी सुहाउँदो व्यक्तिलाई नै सिफारिस गर्छ ।’
स्वास्थ्य मन्त्री गिरीले आम स्वास्थ्य समस्याबारे आफू गम्भीर भएको र आफ्नो बल, बुद्धि र क्षमताले भ्याएसम्मका काम गर्ने बताए । उनले थपे, ‘स्वास्थ्य क्षेत्र जर्जर छ । सरकारी अस्पतालप्रति जनतामा विश्वास छैन, स्वास्थ्य सेवा महँगो भयो भन्ने छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको समस्या छ, स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । अब योजनाबद्ध रुपमा जानुपर्छ ।’
उन्मूलनको घोषणा  गर्ने बेला पश्चिम नेपालका चारपाँचवटा जिल्लामा दादुराको महामारी उत्पन्न भएकाबारे अध्ययन भइरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्