Logo

जनमत सरकारमा रहने वा नरहनेबारे भोलि छिनोफानो



काठमाडौं, ८ माघ । जनमत पार्टीले मागेको थप अर्को मन्त्रालयबारे दिने वा नदिने बारे भोलि(सोमबार) मात्रै टुङ्गो लाग्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीसँग छलफल गर्न आज बोलाएको बैठकमा आज बिदा परेको र अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने भएकाले भोलिसम्म मन्त्रालयको बारेमा टुङ्ग्याउने बताएको जनमतका एक नेताले बताए।

ती नेताका अनुसार जनमतको मागका बारेमा आज बालुवाटारमा छलफल हुने भनिएको छ त्यहाँ जनमतलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको छ।

जनमतले सरकारसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागे गरेको थियो। तर मन्त्रिपरिषद् विस्तारका क्रममा जनमतलाई खानेपानी मन्त्रालय दिइएको थियो।

मन्त्रालयको बारेमा कुरा नमिल्दा असन्तुष्टि जनाएको जनमत पार्टीका मन्त्री अब्दुल खानले पदभार ग्रहणसमेत गरकेा छैनन्।

आफूले भनेको मन्त्रालय नपाए जनमत पार्टीले सरकार छोड्ने चेतावनी दिदैँ आएको छ।



प्रतिक्रिया दिनुहोस्