Logo

भूकम्प आउने हल्लाले कर्णालीबासी रातभर सडकमा, हल्ला फैलाउनेको खोजी हुँदै



काठमाडौं, माघ १६ । ठूलो भूकम्प आउने हल्लाले कर्णाली प्रदेशका केही जिल्लाका स्थानीयमा भ्रम छरेको छ । मुगु, हुम्ला, जुम्ला लगायतका जिल्लामा स्थानीयहरु भ्रममा परेका थिए ।

भूकम्प आउने हल्लापछि मान्छेहरु राति नै घरबाहिर निस्कएर रातभर बाहिरै बसेको त्यहाँ स्थानीयले बताएका छन् । मुगुको सदरमुकाम गमगढीका एक स्थानीयका अनुसार गमगढीर आसपासका क्षेत्रमा रातभर सडकमा मान्छेहरुले भरिभराउ थियो ।

स्थानीयहरु राति नै सडकमा निस्केर चोक तथा खाली ठाउँमा जम्मा भएका थिए । थुप्रै जना बालबालिकासहित बाहिर निस्किएका थिए । जम्मा भएर आगो बालेर तापेर बसेका थिए । भूकम्प आउने हल्ला कसले फैलयो भन्ने कसैलाई थाहा नभएको ती स्थानीयको भनाइ छ।

अहिले कर्णाली प्रदेश सरकारले भूकम्प आउने हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको जानकारी दिएको छ ।

यसरी राति नै बाहिर निस्किएका स्थानीयले भूकम्प आउने हल्ला साच्चै होकि होइन भनेर स्थानीय अगुवा, जनप्रतिनिधि, प्रहरी, पत्रकार लगायतलाई फोन गरेर बुझेका थिए ।



प्रतिक्रिया दिनुहोस्