Logo

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?



काठमाडौं, माघ १६ ।  नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

सोमबार अमेरिकी डलरको भाउ यथावत छ। आज डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा खरिद-बिक्री भएको थियो।

आज युरोपियन युरोको भाउ भने घटेको छ। अघिल्लो दिन युरो एकको खरिदमा १४१ रूपैयाँ ७० पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्थ्यो भने आज युरो एकको खरिदमा १४१ रूपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रूपैयाँ १० पैसा कायम गरिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६१ रूपैयाँ १० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ४५ पैसा र बिक्रीमा ९२ रूपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ७८ पैसा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्