काठमाडौं, माघ २०। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्नेछ।
यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए।
बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो। उक्त बैठक पनि औपचारिक विषयमा प्रवेश नगरी सकिएको थियो।