Logo

मलेसियाका गृहमन्त्री र नेपालका श्रम मन्त्री नेतृत्वको प्रतिनिधिबीच भेटवार्ता जारी



काठमाडौं, माघ २०। मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीबीच औपचारिक भेटवार्ता सुरू भएको छ।

सोल्टी होटेलमा जारी भेटवार्तामाकम श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भईरहेको छ ।

भेटवार्तामा नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते भएको श्रम सम्झौतालाई कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल भईरहेको छ ।

बिहिबार काठमाडौं आएका मन्त्री नासुसनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्