काठमाडौं, २२ माघ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ।