काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज बसिरहेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी सदस्यहरुलाई मोबाइल बोक्न रोक लगाइएको छ।
यस अगाडिको बैठकमा सञ्चारमाध्यममा सूचना बाहिरिएको भन्दै यो बैठकमा सांसद तथा केन्द्रीय सदस्यहरुलाई मोबाइल लग्न बन्देज गरिएको एक केन्द्रीय सदस्यले बताएका छन्।
आजको बैठकले पार्टी सरकारमा रहने वा नरहनेबारे निर्णय गर्ने बताइएको छ।
file photo