काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)का सभापति रबि लामिछानेको विशेष पत्रकार सम्मेलन सुरु भएको छ।
रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै लामिछानेले पत्रकार सम्मेलन गरेका हुन्।
बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तर समर्थन हाललाई कायम गर्ने निर्णय गरेको छ।