Logo

सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने



काठमाडौं, माघ २३ । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोहीअनुसार नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १ सय ८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जनाइएको छ ।

त्यस्तै, राष्ट्रबैंकले सोमबार नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड र ३ सय ६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको राष्ट्रबैंक स्रोतले जनाएको छ ।

ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी चार किसिमका हुन्छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्