Logo

रबिलाई बास्कोटाकोे सुझाव–‘प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो’



काठमाडौं, २३ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले रबि लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ नदिएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमा रबिले हिजो (आइतबार) पत्रकार सम्मेलनमा लगाएको आरोपतर्फ लक्षित गर्दै बास्कोटाले उनले आफूमाथि उठेको प्रश्नको जवाफ नदिएर दागा धरेको आरोप लगाएका हुन् ।

उनले व्याङ्ग्यात्मक शैलीमा लेखेका छन्– ‘रवीले निष्फिक्री बोले। प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रबिको नागरिकता विवादमा सांसद पद खारेज भएको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता पुनः प्राप्तिको प्रकृया पुरा गरेका रबिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूलाई गैरसांसदकोे रुपमा पुनः गृहकै जिम्मेवारी दिन आग्रह गरेका थिए । पटक–पटकको आग्रहमा पनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक नभएपछि रास्वपाले हिजो आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको थियो । सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएका रबिले बैठकपछि लगत्तै पत्रकार सम्मेलन गरेर मिडिया, प्रकाशक, सञ्चारकर्मी र केही राजनीतिक दलका नेतामाथि आरोप प्रत्यारोप व्यक्त गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्