काठमाडौं, २३ माघ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्नुपर्नेमा जोड दिएका छन् । एउटा राजनीतिककर्मीले सत्य, तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्ने पनि सुनाएका छन् ।
रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-
राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अैांल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।