Logo

स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, वाल्मीकि विद्यापीठमा सुझाव संकलन तथा अन्तरक्रिया सम्पन्न (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युयिनको चुनावको तयारी थालेको छ। संघद्धारा गठित स्ववियु निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको आयोजनामा आज काठमाडौंको प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापीठमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नेतृ पूजा फुयाँलले जानकारी दिईन् ।

सो क्रममा पुजन गन्धर्वले स्ववियू निर्वाचन महत्वपूर्ण रहेको सुनाए । स्ववियु निर्वाचन विद्यार्थी आन्दोलनको लागि पनि प्रभावकारी रहेको बताए । विगत एक वर्षदेखि नेविसंघ सभापतिबाहेक अन्य पदाधिकारी सदस्यहरु रिक्त रहेको अवस्थामा रहेको दुःखेसो पोखे ।

घोषणापत्रमा सबै विद्यार्थीको सुझाव सुनिने भन्दै ढुंगामुढाका कुरा नसमेटिने बताए । त्रिविले घोषणा गरेको स्ववियु निर्वाचनलाई आफ्नो संगठनले सहर्ष स्विकारेको बताए । विपीको अनुहार, गणेशमानको त्याग हेरेर कोही विद्यार्थी नेविसंघ वा कांग्रेस नबन्ने बताए ।

https://www.facebook.com/watch/?v=585964529695991&ref=sharing



प्रतिक्रिया दिनुहोस्