काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (शुक्रबार) विहान ९ बजे बस्ने बताएका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सम्पन्न गरेर बाहिरिने क्रममा उनले संयन्त्रको बैठक भोलि विहान बस्ने जनाएका हुन् ।
त्यस्तै, उनले सुदूरपश्चिम प्रदेश सरकारको संकटमोचनबारे सोधिएको प्रश्नमा अहिले केही बेरमा थाहा हुने जानकारी दिए । आज संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहालको कार्यव्यवस्तताको कारण आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित् भएको हो ।
आज अपरान्ह प्रधानमन्त्री दाहालसँग कांग्रेस महामन्त्री गगनकुमार थापाले भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बताईएको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालसँग भेट गरेपछि एमाले नेताहरु सशंकित बनेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम