Logo

सुदूरपश्चिम सरकार ढल्यो : मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत



काठमाडौँ, २५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको प्रस्ताव बहुमतले अस्विकृत भएको छ।

प्रदेशसभा बैठकमा सहभागी बहुमत सांसद्‍हरुले मुख्यमन्त्री रावलले मागेको विश्वासको मतको विपक्षमा हुँदा रावल नेतृत्वको सरकार ढलेको हो।

ध्वनी मतका आधारमा मुख्यमन्त्री रावलको प्रस्ताव अस्विकृत भएको हो। प्रदेश सरकार गठन भएको ३० दिनमै सरकार ढलेको हो। विश्वासको मतका लागि प्रदेशमा पहिलो पटक प्रदेश सभा बैठक आज नै राखिएको थियो।

एमालेबाट मुख्यमन्त्री चुनिएका रावल माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रेदशसभामा सरकार निर्माणका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा उनको मुख्यमन्त्रीको पद गुमेको हो।

आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद्‍को उपस्थिति रहेको थिएन। मुख्यमन्त्री रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने आज अन्तिम दिन रहेको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना सांसद छन्। सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ।



प्रतिक्रिया दिनुहोस्