Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिदैँ



काठमाडौं, माघ २७ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिदैँछन ।

एक महिना अघि नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहीबार नियुक्त भएका थिए ।

निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए । शाह कैलाली निर्वाचन क्षेत्र २ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका व्यक्तिले पनि विश्वासको मत नपाए १ सय ६८ (५)अनुसार संसद्को कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् ।

तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्