काठमाडौं, २७ माघ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्वप्रहरी अधिकृत रमेश खरेलले देश अहिले सिन्डिकेटले चलिरहेको बताएका छन्।
बिवेकशील साँझा पार्टीको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष खरेले देश अहिले सिन्डिकेटले चलिरहेको बताएका हुन्।
उनले भने,‘यो देश अहिले सिन्डिकेटले चलिरहेको छ। सिंहदरबार, बालुवाटारदेखि लिएर स्थानीय तहसम्म सिन्डिकेटले चलेको यो देश हो। सबै भागबन्डा खोज्छन्। सबै आफ्नो व्यक्तिगत स्वार्थमा तल्लिन भएका छन्।’