काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद् डा चन्द्र भण्डारीले नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुने बताएका छन्।
बिवेकशील साँझा पार्टीको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सांसद् भण्डारीले नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुने बताएका हुन्।
उनले भने, ‘नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुन्थे। नेपालमा कानूनले काम गरेन आत्मसमर्पण गर्यो। यो एउटा पक्ष हो तर अर्को राम्रो पक्ष छ। त्यो पक्ष हामीले ल्याएको प्रणाली हो। यो प्रणालीमा हरेक फूलहरु फूल्ने र आफूले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने ब्यवस्था हामीले निर्माण गरेका छौं।’