Logo

सुदूरपश्चिमबाट एमालेलाई पहिलो धक्का दियौं, त्यो सुरुवातमात्रै हो : माधव नेपाल



काठमाडौं, २८ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) ले धक्का खान सुरु गरेको टिप्पणी गरेका छन् । पहिलो धक्का सुदूरपश्चिमबाट दिईएको उनको भनाई छ ।

आज (शनिबार) पार्टीको जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् ।यो निर्वाचनको परिणाम सोचेजति आएन।’

उनले प्रतिनिधिसभामा आफूहरुले धेरै सिट नमागेको उल्लेख गरे । २५ सिटको सेरोफेरोमा मागेकोमा २० को सेरोफेरोमा पाएको र १० जनाले जितेको बताए । तर, अरुले धेरै सिट पाउँदापनि जित्न नसकेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्