Logo

रबिको अभिब्यक्तिबारे पत्रकार महासंघमा छलफल



काठमाडौं, २८ माघ । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिबारे नेपाल पत्रकार महासंघमा छलफल भएको छ।

पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमहरुमा संलग्न पत्रकारहरुसँग सभापति लामिछानेले गत २२ गते पत्रकार सम्मेलनमा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुका बारेमा बोलेको अभिब्यक्तिबारे छलफल गरेको हो।

छलफलले उनको अभिब्यक्तिबारे पत्रकार महासंघ प्रेस चौतारी, युनियन, सेन्टरलगायत सबै सञ्चारसंस्थाहरुले प्रतिवादका लागि पहल गर्ने निष्कर्ष निकालेको छ।

छलफलमा बोल्दै पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र बिष्टले रबिको अभिब्यक्ति अराजक भएको बताए। उनले पत्रकारहरुले फेरि रबि गृहमन्त्री भए हामीलाई सिध्याउँछ भनेर नोसच्न आग्रह गर्दै उनको पार्टीको प्रेसप्रतिको धारणा के हो भन्दै प्रश्न सोध्न आग्रह गरे।

यस्तै पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट रबिले गरेको पत्रकार सम्मेलनलाई दिपावली गरेर स्वागत नगर्ने बताउँदै धमक्याउनका लागि मात्रै गरिएको पत्रकार सम्मेलन बताए।

खोज पत्रकार केन्द्रका अध्यक्ष शिव गाउँलले सत्ता र शक्तिमा बसेर पत्रकारितालाई लाएको आरोपका विषयमा क्षमा गर्नुपर्ने बताए। उनले नेपाली प्रेस जगतले बदलिनुपर्ने विषय र आधार केहो? कार्यसूची चाहियो र त्यहीँ आधारमा प्रतिउत्तर दिन नेपाली प्रेस तयार रहेको बताए।

सरकारबाट बाहिरिए लगत्तै रबिले पत्रकार सम्मेलन गरेर मिडिया, प्रकाशक, सञ्चारकर्मी र केही राजनीतिक दलका नेतामाथि आरोप प्रत्यारोप व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्