काठमाडौं, माघ २९ । वालुवाटारमा सरकारमा सहभागी दलको राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपीओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सत्तारुढ दलकै जनमत पार्टी र नागरिक उन्मक्ति पार्टीकाे भने बैठकमा उपस्थिति छैन।
बैठकमा राष्ट्रपति निर्वाचनका साथै पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको छ। त्यस्तै सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको छ।