काठमाडौं, २९ माघ । नेकपा एमालेका नेता तथा सांसद् रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधनका लागि आउँदा भएको सवारी जामले आफ्नो सांसद्को लोगो छोप्नुपरेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् पन्तले राष्ट्रपति भण्डारीले संघीय संसद्मा आउँदा भएको सवारी जामले आफ्नो सांसद्को लोगो छोप्नुपरेको बताएका हुन्।
जामले जनतालाई धेरै सास्ति दिएको र सडकमा एम्बुलेन्स जस्तो अतिआवश्यक सवारीसाधन पनि रोकिएको भन्दै भने, ‘एम्बुलेन्समा कस्तो बिरामी थिए भन्ने मैले देख्न पाइन। थुप्रै मान्छे आक्रोशित थिए। सांसद्हरुलाई गाली गर्दैथिए। मैले लोगो छोप्नुपर्यो। मास्क लगाउनुपर्यो।