काठमाडौं, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो आर्थिक वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल नहुने बताएका छन्।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल नहुने बताएका हुन्।
उनले राजस्व संकलनमा दबाब रहेको बताउँदै उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने बताएका छन्।