काठमाडौं, २९ माघ । निर्वाचन आयोगले चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रबि लामिछानेको सांसद् पद सर्वोच्च अदालतले खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
सरकारको सिफारिसमा आयोगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेको हो।